२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

स्वास्थ्य करका सबै रकम बीमाका लागि विनियोजन गर्नुपर्दछ : स्वास्थ्यमन्त्री पौडेल

images

  • २०८१ भदौ २८, शुक्रबार
  • 951
    SHARES
  • स्वास्थ्य करका सबै रकम बीमाका लागि विनियोजन गर्नुपर्दछ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।स्वास्थ्य बीमालाई ५ लाखसम्म स्रोतको सुनिश्चित गर्न पनि सो व्यवस्था आफूहरु लागि परेको मन्त्री पौडेलको भनाई थियो ।

    शुक्रवार वीर अस्पतालमा डा। केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले सरकारी कर्मचारीहरुको तलवको २ प्रतिशत रकम

    पनि स्वास्थ्य विमा कार्यक्रममा लागि छुट्याउनुपर्ने प्रश्ताव गर्नुभयो । स्वास्थ्य बीमाको स्रोत सुनिश्चित गर्नका लागि सरकारले आधारको खोजी गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसका व्यवस्था हुनेबित्तिकै स्वास्थ्य बीमाबापत ५ लाख रकम पाउने व्यवस्था गर्ने बताउनु भयो ।

    त्यस अवसरमा उहाँले वीर अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ