काठमाडौं : नेपाल वायुसेवा निगमले १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण खोज्दै पुनः सार्वजनिक सूचना जारी गरेको छ । वायुसेवा निगमले न्यरोबडी र वाइडबडी जहाज किन्दा लागेको ऋण तिर्न ५५ अर्ब, नयाँ जहाज किन्न ७५ अर्ब र जहाज मर्मतको लागि ह्यांगर बनाउन ५ अर्ब गरी कुल १ खर्ब ३५ अर्ब रुपयाँ ऋण खोजेको हो ।
निगमले सस्तो ब्याजदरमा स्वादेशी तथा विदेशी वित्तीय संस्थाबाट ऋण लिएको कर्मचारी संचयकोष तथा नागरिक लगानी कोषको महंगो ब्याजदरको पुरानो ऋण तिर्ने योजनाका साथ सार्वजनिक सूचना मागेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताउनु भयो ।
निगमले यस अघि नै उक्त ऋणको खोजि गरेको भएपनि एउटा मात्रै कम्पनीको आवेदन परेको र उसले दिने ऋणको विषयमा टुंगो लाग्न नसकेपछि पुनः नयाँ कम्पनीबाट ऋण पाइने अपेक्षासहित सूचना निकालेको पनि पौडेलले बताउनु भयो् ।
निगमले यस्तो ऋणका लागि विभिन्न वित्तीय संस्थामार्फत आवेदन पेश गर्न ४५ दिनको समय दिएको छ । यो समयभित्र आउने आवेदनमध्येबाट निगमले खोजेको ऋण लिन प्रयोग हुन पनि निगमको भनाइ छ ।



