२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गुडरहेको बसमा आगलागी

images

सत्कार खबर
  • २०८० वैशाख ३०, शनिबार
  • 616
    SHARES
  • गुडरहेको बसमा आगलागी

    काठमाडौं : त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी-९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ ।

    नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग१ख ४८४७ नम्बरको बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी ) गौतम मिश्रले जानकारी दिए ।

    ३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल छन् । बसका सिट भने जलेर नष्ट भएका छन् ।बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

    राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ