काठमाडौँ : ज्योति विकास बैंकका ग्राहकहरूलाई थप सुविधाहरूको पहुँच दिन विभिन्न सेवा प्रदायकहरूसँग छुटको सम्झौता भएको छ। बैंकका ग्राहकलाई ठूलो ‘शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टर’का सेवाहरूमा विशेष छुट दिइने भएको छ।
यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले ठुलो भर्याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको खानामा १०% छुट प्राप्त गर्नेछन् । उक्त स्विमिङ्ग पूल सहितको फिटनेस तथा रिक्रीयशन सेन्टरमा पौडी सम्बन्धी तालिमहरुको पनि व्यवस्था रहेको छ ।
हालै बैंकले ललितपुरस्थित मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात ट्रिंक्विलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले 'जस्मिन फटनेस क्लब न्ड स्पा' मा २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।
यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।



