२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिद्धार्थ बैंकद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण

images

  • २०८१ भदौ २८, शुक्रबार
  • 1.6K
    SHARES
  • सिद्धार्थ बैंकद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण

    काठमाडौँ : सिद्धार्थ बैंकले गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ। उक्त टेबल बैंकका संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीलाई एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन्।

    उक्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष मनोजकुमार केडिया, संचालक समितिका सदस्य दिनेशशंकर पालिखे, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल लगायतको उपस्थिति रहेको थियो। साथै, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. दिपेन्द्र कुमार यादव लगायतका पदाधिकारीहरूको पनि उपस्थिति थियो।

    बैंकले यस सहयोगले अस्पतालका बिरामीहरूले उच्चस्तरीय उपचार सेवा पाउने विश्वास व्यक्त गरेको छ। साथै, सिद्धार्थ बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आफ्नो उच्च प्राथमिकतामा राख्ने उद्देश्य राखेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ