२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज काठमाडौँका विभिन्न  स्थानमा विद्युत् अवरुद्ध हुने

images

  • २०८१ भदौ २९, शनिबार
  • 881
    SHARES
  • आज काठमाडौँका विभिन्न  स्थानमा विद्युत् अवरुद्ध हुने

    काठमाडौँ : आज काठमाडौँका विभिन्न स्थानहरूमा तीनदेखि पाँच घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत् सेवा रोकिनेछ।

    असन फिडर अन्तर्गत रत्नपार्क, भोटाहिटी, असन चोक, इन्द्रचोक लगायतका क्षेत्रमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। महाबौद्ध फिडर अन्तर्गत न्यु रोड, विशालबजार, ट्रमा हस्पिटल पछाडिका क्षेत्रहरूमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् रोकिनेछ।

    यस विद्युत् अवरुद्ध भूमिगत तारसम्बन्धी कामको लागि आवश्यक सट डाउनको कारणले भएको हो। निर्धारित काम समयभन्दा अगाडि पूरा भए भने विद्युत् सेवा छिटो सुरु हुन सक्ने जानकारी पनि प्राधिकरणले दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ