२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पहिरोले अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग खुल्यो

images

  • २०८१ भदौ २९, शनिबार
  • 951
    SHARES
  • पहिरोले अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग खुल्यो

    काठमाडौं : पहिरोका कारण अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग खुलेको छ । दशरथचन्द राजमार्गको बैतडी दशरथचन्द नगरपालिका–एक गुरुखोलामा पहिरो खसेको थियो ।

    त्यस्तै महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–चार सिल्लेक र वडा–६ सलसेनामा पहिरो खसेको थियो । ती पहिरो पन्छाएपछि गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

    सडक खुले पनि पहिरोको जोखिम रहेकाले यात्रामा आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले अनुरोध गरेको छ ।     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ