२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजारमा कुनैपनि लगानीकर्ता डुब्नु हुदैन : पूर्वअर्थमन्त्री पुन

images

  • २०८१ भदौ ३०, आइतबार
  • 1.2K
    SHARES
  • सेयर बजारमा कुनैपनि लगानीकर्ता डुब्नु हुदैन : पूर्वअर्थमन्त्री पुन

    काठमाडौं : पूर्व अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा कुनैपनि लगानीकर्ता डुब्न नहुने बताउनु भयो । 

    खासगरी बुकबिल्डिङ प्रणालीबाट सेयर निष्काशन तथा बिक्री गर्दा कम्पनीहरुले आस्तविक मूल्य भन्दा बढी मूल्य राखेर लगानीकर्ताहरुलाई फसाउने चलखेल हुन थालेको गुनासो बढिरहेका बेला यस कार्यलाई नियामकले नियन्त्रण गर्नुपर्ने उहाँले बताउनु भएको हो । 

    आइतबार अर्थ समितिमा धितोपत्र बजार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पुनले बजारमा सबै खाले लगानीकर्ताहरुको संरक्षण गर्ने जिम्मेवारी नियामकको रहेको उहाँको भनाई छ । 

    पछिल्लो समय धितोपत्र बजारमा बुकबिल्डिङ प्रणालीको नाममा आवस्तविक मूल्य भन्दा बढी मूल्य राखेर सेयर बिक्री गर्न थालिएको भन्ने गुनासाका बीच नियामक धितोपत्र बोर्डले निकै चनाखो भएर निगरानी गर्नुपर्ने पूर्वमन्त्री पुनले बताउनु भयो ।

    यस्तै समायमा नै धितोपत्र बोर्डले नेतृत्व पाउन नसक्दा अर्बौको सेयर निष्काशन रोकिन पुगेको भन्दै यसको सहजीकरणका लागि सरकारले छिटो भन्दा छिटो अध्यक्ष नियुक्ति गर्नुपर्ने समेत उहाँले बताउनु भयो । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ