काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जसमा बैंकले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिइएको छ। बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत अधिकतम ब्याजदर प्रदान गर्नेछ। रेमिट्यान्स खातामा भने बैंकले १ प्रतिशत बढी ब्याज दिनेछ, जुन भदौमा पनि यही दर कायम गरिएको थियो।
साधारण बचत खातामा बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ, भने ग्लोबल रेमिट बचत खातामा ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। कर्जातर्फ बैंकले आफ्नो आधारदरमा ३.५० प्रतिशतसम्मको प्रिमियम लागू गर्ने निर्णय गरेको छ, जसले कर्जाको लागतमा केही प्रभाव पर्न सक्छ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।



