काठमाडौँ : लक्ष्मी सनराइज बैंकले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जसमा मुद्दति निक्षेपका लागि ब्याजदर अघिल्लो महिनाको स्तरमा कायम राखिएको छ। बैंकले ४ महिनादेखि मुद्दति निक्षेपमा ब्याजदरमा कुनै परिवर्तन नगरी स्थिरता कायम राखेको छ। यसअनुसार, असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ६.५०%, संस्थागत मुद्दति निक्षेपमा ५.५०% र रेमिट्यान्स खातामा ७.५०% ब्याजदर प्रदान गरिनेछ। यो ब्याजदर भदौ, असार र साउन महिनामा पनि यथावत राखिएको थियो।
साधारण बचत खातामा पनि बैंकले स्थिरता कायम राख्दै न्यूनतम ३% देखि अधिकतम ५% ब्याजदर प्रदान गर्नेछ र रेमिट्यान्स बचत खातामा ६% ब्याजदर तोकिएको छ। यसले बैंकका ग्राहकहरूको बचत योजनामा स्थिरता र निश्चितता ल्याउनेछ।
साथै, बैंकले आफ्नो आधारदर ८.३९% मा घटाएको छ। जुन भदौ महिनामा ८.९०% थियो। आधारदरको घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्नेछ। यसले बैंकको कर्जाको लागतलाई सुधार गर्नेछ र कर्जा लिने ग्राहकहरूको लागि फाइदाजनक हुनेछ।



