काठमाडौँ : भाटभटेनी सुपरमार्केट्सले ललितपुरको हात्तीवनमा आफ्नो ३० औं शाखा खाेल्ने भएकाे छ । भाटभटेनीले ललितपुर १५ स्थित हात्तीवनको क्लासिक चोकमा ३०औं शाखा खाेल्न लागेकाे हाे ।
करिब एक वर्षमा निर्माण पूरा हुने अपेक्षा गरिएको छ। यसअघि पोखरा र चितवनमा पनि २८औं र २९औं शाखाहरूका लागि भूमिपूजन सम्पन्न भएको थियो। यो नयाँ शाखाले करिब ५ सय युवालाई रोजगारी दिने लक्ष्य राखेको छ र भाटभटेनीले आफ्ना अन्य शाखाहरूमा पार्टटाइम कामको अवसर पनि प्रदान गरिरहेको छ।
भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ हुन्। जसले सन् १९८४ मा यो सुपरमार्केटको स्थापना गरेका थिए। गुरुङ १९५८ मा खोटाङमा जन्मिएका थिए र नेपाल बैंक लिमिटेडमा काम गर्दै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन सम्पन्न गरेका थिए।
भाटभटेनी सुपरमार्केटको सुरुआत ३५ हजार रुपैयाँको लगानीमा भएको थियो। जुन अहिले देशभरकै एक प्रमुख खुद्रा बिक्री नेटवर्कको रूपमा स्थापित छ।



