२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित

images

  • २०८१ भदौ ३१, सोमबार
  • 956
    SHARES
  • अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित

    काठमाडौं : सोमबार बिहान अधिकांश धितोपत्र दलाल (ब्रोकर) कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणाली (नेप्से अनलाइन ट्रेडिङ सिस्टम(नट्स) मा पहुँच पुर्‍याउनका लागि ब्रोकरहरुले प्रयोग गर्ने ‘डाइरेक्ट नट्स एक्सेस’ )डिएनए) लगइन हुन नसक्दा समस्या देखिएको हो। 

    यद्यपि, के–कस्तो प्राविधिक कारणले डिएनएमा लगइन हुन सकेन र ब्रोकरहरुको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखियो भन्ने अझै खुलेको छैन।

    साइबर सुरक्षा र पुँजीबजारको संवेदनशीलताका हिसाबले निकै गम्भीर यो घटनालाई डिएनएसम्बन्धी प्राविधिक सेवा उपलब्ध गराइरहेको कम्पनी र त्यस्तो सेवा लिइरहेका ब्रोकर कम्पनीहरुले सामान्य प्राविधिक समस्याका बताइरहेका छन् भने नियामक नेपाल धितोपत्र बोर्डले यस विषयमा अनविज्ञता जनाएको छ।

    नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरि पराजुलीले केही धितोपत्र दलालहरूको प्रणालीमा समस्या देखिएपछि कारोबार प्रभावित भएको पुष्टि गर्नु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ