काठमाडौँ : नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले १५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार (भदौ २५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज २३ गते काठमाडौंको नक्सालस्थित सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो।
साथै, वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि नयाँ लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। सभामा नियमावलीको नियम ३१ को उपनियम २ मा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ।
कम्पनीले सभाका साथै लाभांश वितरण प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गर्ने घोषणा गरेको छ। जसका आधारमा असोज १६ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।



