२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वसन्तपुरमा इन्द्रजात्राको रौनक, राष्ट्रपतिले गरे अवलोकन (फोटोफिचर)

images

सत्कार खबर
  • २०८१ असोज १, मंगलबार
  • 866
    SHARES
  • वसन्तपुरमा इन्द्रजात्राको रौनक, राष्ट्रपतिले गरे अवलोकन (फोटोफिचर)

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्र वसन्तपुरमा आज आयोजित जात्रा अवलोकन गर्नुभएको छ । उहाँ नयाँ सडकको जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर जानुभएको थियो ।

    1.JPG

    गएको वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल जान थाल्नुभएको हो । गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव र कुमारीको रथयात्रा प्रारम्भ भएको थियो ।

    2.JPG
    undefined

    इन्द्रजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंहलगायत प्रतिष्ठित व्यक्तिहरू सहभागी थियो । इन्द्रजात्रा अवलोकन गर्न सर्वसाधारणको पनि भीड लागेको थियो ।

    indrajatra_1_9cm7rkLV6O.jpg
    undefined

     

    df.JPG
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ