२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

साउनमा वाणिज्य बैंकहरूद्वारा औसत ब्याजदर ९.६८ प्रतिशतमा साढे ४५ खर्ब कर्जा लगानी, कुनमा कति ?

images

  • २०८१ असोज २, बुधबार
  • 1.6K
    SHARES
  • साउनमा वाणिज्य बैंकहरूद्वारा औसत ब्याजदर ९.६८ प्रतिशतमा साढे ४५ खर्ब कर्जा लगानी, कुनमा कति ?

    काठमाडौँ : चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर ९.६८ प्रतिशतमा झरेको छ। जुन लगभग तीन वर्षयताकै सबैभन्दा कम दर हो। गत असार मसान्तमा यो औसत ब्याजदर ९.९३ प्रतिशत थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तसम्ममा वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

    ब्याजदर घटेसँगै धेरै कर्जाका दर एकल अंकमा आइपुगेका छन्। डिप्राइट सेक्टरतर्फको कर्जाको ब्याजदर ८.९९ प्रतिशतमा झरेको छ। जुन गत असार मसान्तमा ९.१५ प्रतिशत थियो। बिल खरिदको ब्याजदर पनि घटेर ९.३९ प्रतिशतमा आइपुगेको छ।

    साउनमा आवधिक कर्जाको ब्याजदर १०.१३ प्रतिशत कायम भएको छ। जुन असारको १०.३३ प्रतिशतको तुलनामा कम हो। ओभरड्राफ्ट कर्जाको ब्याजदर सबैभन्दा महँगो रहेको छ। साउन मसान्तसम्ममा यो दर ११.०८ प्रतिशतमा पुगेको छ।

    अन्य प्रमुख कर्जाका ब्याजदरहरूमा भएको परिवर्तन:

    क्यास क्रेडिट कर्जा: १०.२५ प्रतिशतबाट घटेर १०.०३ प्रतिशत
    चालु पुँजी कर्जा: १०.११ प्रतिशतबाट घटेर ९.८८ प्रतिशत
    आवासीय कर्जा: १०.२८ प्रतिशतबाट घटेर १०.१५ प्रतिशत
    रियल स्टेट कर्जा: १०.४५ प्रतिशतबाट घटेर १०.३३ प्रतिशत
    सेयर कर्जा: १०.५० प्रतिशतबाट घटेर १०.१८ प्रतिशत
    हायरपर्चेज कर्जा: १०.३२ प्रतिशत

    राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तसम्ममा वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यसमा मुख्यतया निम्नानुसार लगानी गरिएको छ:

    आवधिक कर्जा: १६ खर्ब ९२ अर्ब रुपैयाँ
    ओभरड्राफ्ट: ८८ अर्ब ८७ करोड रुपैयाँ
    क्यास क्रेडिट कर्जा: ५ खर्ब ८८ अर्ब रुपैयाँ
    आयात कर्जा: ५६ अर्ब ९८ करोड रुपैयाँ
    चालु पुँजी कर्जा: ७ खर्ब १२ अर्ब रुपैयाँ
    आवासीय कर्जा: ३ खर्ब १६ अर्ब रुपैयाँ
    रियल स्टेट कर्जा: २ खर्ब २४ अर्ब रुपैयाँ
    हायरपर्चेज कर्जा: १ खर्ब ७ अर्ब रुपैयाँ
    डिप्राइट सेक्टर: २ खर्ब ६३ अर्ब रुपैयाँ
    बिल्स खरिद: ६ अर्ब ७९ करोड रुपैयाँ
    अन्य प्रोडक्ट: ३ खर्ब ९२ अर्ब रुपैयाँ

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ