सरकारले चालु वर्षमा कुल १४ खर्ब ७१ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। साउन र भदौमा जम्मा ११.५२ प्रतिशतको अनुपातमा मात्र राजस्व संकलन भएको छ। यस अवधिमा कर राजस्व १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ र गैर-कर राजस्व २१ अर्ब १९ करोड ४३ लाख रुपैयाँ उठेको छ। अन्य स्रोतहरूबाट ३ अर्ब १३ करोड ३ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
खर्चको अवस्था :
सरकारले २ महिनामा १ खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। जुन कुल वार्षिक लक्ष्यको ७.३९ प्रतिशत हो। यो वर्ष सरकारको कुल खर्चको लक्ष्य १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ हो।
कति भयो खर्च :
चालु खर्च : ८२ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ (७.२८ प्रतिशत)
पुँजीगत खर्च : १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ (४.२३ प्रतिशत)
वित्तीय व्यवस्थाको खर्च : ३९ अर्ब ६७ करोड २२ लाख रुपैयाँ (१०.८ प्रतिशत)
समीक्षा अवधिमा सरकारको अनुदान प्राप्ति शून्य रहेको छ। सरकारले चालु वर्षमा ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेको थियो। तर २ महिनासम्म कुनै अनुदान प्राप्त भएको छैन।