काठमाडौँ : प्रभु क्यापिटल लिमिटेडले आफ्नो दुई बन्दमुखी म्युचुअल फण्डहरूको लाभांश घोषणा गरेको छ। बन्दमुखी म्युचुअल फण्डहरूमा प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड रहेका छन्।
प्रभु क्यापिटल लिमिटेडको सोमबार बसेको सञ्चालक समितिको बैठकले इकाइधनीलाई आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट प्रतिफल दिने निर्णय गरेको हो ।
प्रभु सेलेक्ट फण्डले कर सहित १० प्रतिशत नगद लाभांश र प्रभु स्मार्ट फण्डले कर सहित ८.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।



