२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तरलता व्यवस्थापन जारी, आज थप २५ अर्ब तरलता तान्दै राष्ट्र बैङ्क

images

  • २०८१ असोज २, बुधबार
  • 866
    SHARES
  • तरलता व्यवस्थापन जारी, आज थप २५ अर्ब तरलता तान्दै राष्ट्र बैङ्क

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले बजारमा थुप्रिएको अत्यधिक (लिक्विडिटी) तरलतालाई व्यवस्थापन गर्दै आज थप पैसा तान्ने निर्णय गरेको छ।  आज असोज २ गते पनि केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि अपराह्न ३ बजे बोलकबोल हुनेछ।

    यस निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँको बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको लागि ब्याजदरमा बोलकबोल गर्नुपर्ने छ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने सुविधा प्रदान गरिएको छ।

    केन्द्रीय बैंकले ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र यसमा सहभागी हुन दिनेछ। यो निक्षेप संकलन उपकरण २१ दिनको हुनेछ र यसको साँवा तथा ब्याज असोज २३ गते भुक्तानी गरिने छ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ