२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सुनचाँदी

सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ असोज २, बुधबार
  • 1.1K
    SHARES
  • सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज घरेलु बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। केही दिनदेखि निरन्तर रूपमा बढिरहेको सुनको मूल्य आज बुधबार पनि तोलामा ३ सय रुपैयाँले घटेको  छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। जुन हिजो मंगलबार १ लाख ५६ हजार ७ सय रुपैयाँ  कारोबार भएको थियो।

    साथै, सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ। जुन हिजो चाँदीको मूल्य  प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो।  

    यसैगरी, महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार ९० रुपैयाँ कायम भएको  छ  भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय २० रुपैया ५० पैसा कायम भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ