काठमाडौँ : २०७२ सालको विनाशकारी भूकम्पले भत्काएको नेपाल राष्ट्र बैंकको थापाथली भवन पुनर्निर्माण सम्पन्न भइसकेको छ। विभिन्न अवरोध र बाधाका बाबजुद राणाकालीन झल्काओ दिने गरी अति नै आकर्षक रङ्गको समन्वय नेपाल राष्ट्र बैंककाे बैंकिङ कार्यालय सम्पन्न भइसकेको छ।
आगामी असोज ५ गते शनिवार निर्माण कम्पनीले यो भवन हस्तान्तरण गर्ने तयारी पूरा गरेको छ। यस भवनको पुनर्निर्माण बिलिल कन्टेक जे भि मार्फत करिब २.७५ अर्ब रुपैयाँको लागतमा सम्पन्न भएको हो।
भवनको पुनर्निर्माण पुरातात्त्विक विभागको निगरानीमा गरिएको छ र यो भवन राणाकालीन दरबारको स्वरूपमा नै बनाइएको छ। आधुनिक सुरक्षा प्रविधिको प्रयोग गरिएको भवनमा A, B, C, D गरी चार ब्लकहरू छन्। मुख्य भवन ब्लक A हो। जहाँ भूमिगत पार्किङ सुविधा उपलब्ध गराइएको छ। भवन चार तल्लाको रहेको छ।



