२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

एक महिनामा ४२० अङ्कले नेप्से घट्दा पनि केही कम्पनी अल टाइम हाइ बनाउँदै

images

  • २०८१ असोज ३, बिहीबार
  • 3.7K
    SHARES
  • एक महिनामा ४२० अङ्कले नेप्से घट्दा पनि केही कम्पनी अल टाइम हाइ बनाउँदै

    काठमाडौँ : गत साउन मसान्तदेखि भदौ मसान्तसम्म, नेप्से परिसूचक १४ प्रतिशतले घटेको छ।

    गत साउन ३१ गते नेप्से परिसूचक ३०००.८१ मा पुगेको थियो। जुन पछिल्लो समयको उच्च विन्दु हो। उच्च विन्दुबाट नेप्से क्रमशः घट्न थालेको छ। भदौ ३१ गते सोमबारसम्म नेप्से घटेर २५८०.७६ मा आइपुगेको छ। जुन ४२०.०८ अङ्कको गिरावट हो। 

    नेप्से परिसूचक १४ प्रतिशतले घट्दा पनि कतिपय कम्पनीहरूमा केही असर परेको छैन। नेप्सेमा कतिपय कम्पनीहरूको सेयर मूल्य झन्डै ५० प्रतिशतसम्म घटे तापनि, केही कम्पनीहरूको सेयर मूल्य भने अझै ‘अल टाइम हाइ’ कै स्तरमा कारोबार भइरहेको छ।

    नयाँ उच्च स्तरको अपेक्षामा रहेका लगानीकर्ताहरूले बजारको गिरावटसँगै थप चिन्ता र आत्तिन थालेका छन् जसले गर्दा लगानीकर्ताले सस्तोमा सेयर बिक्री गर्न थालिसकेका छन्।

    यसै गरी, हिमालयन रि इन्स्योरेन्स, अपि पावर र सिइडिबी हाइड्रो (सिएचडिसी) कम्पनीहरूको सबैभन्दा धेरै रकमको कारोबार भएको छ र  एक महिनामा यस कम्पनीहरूको ५ अर्बदेखि ७ अर्ब रुपैयाँसम्मको सेयर किनबेच भएको देखिन्छ।

    यस अवधिमा लगानीकर्ताले सबैभन्दा धेरै अपि पावर, अरुण भ्याली हाइड्रो र कुमारी बैंकको सेयर खरिद गरेका छन् र यस कम्पनीहरूको १३ हजारदेखि १८ हजार कित्ता सेयर किनबेच भएको छ।

    यस अवधिमा २६७ कम्पनीहरूको सेयर किनबेच भएको छ। तीमध्ये ३० वटा कम्पनीहरूको सेयर मूल्य वृद्धि भएको छ। उच्च मूल्य वृद्धि भएका कम्पनीहरूमा आत्मनिर्भर लघुवित्त, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, इस्टर्न हाइड्रोपावर र समाज लघुवित्त समावेश छन्।

    आत्मनिर्भर लघुवित्तको मूल्य ८२.३६ प्रतिशतले, विन नेपाल लघुवित्तको ७८.५२ प्रतिशतले, मानुषी लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य दुवैको २५.७२ प्रतिशतले र समाज लघुवित्तको मूल्य १९.१२ प्रतिशतले वृद्धि भएको छ।

    त्यस्तै, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीहरूमा नेपाल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, चन्द्रागिरि हिल्स, अरुण काबेली, युनिभर्सल पावर, हिमालयन ऊर्जा र क्यापिटल मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स छन्।

    नेपाल फाइनान्सको सेयर मूल्य ३४.२९ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको २६.११ प्रतिशत, चन्द्रागिरि हिल्सको २६.७६ प्रतिशत, र अरुण काबेलीको २४.१८ प्रतिशतले घटेको छ। युनिभर्सल पावर, हिमालयन ऊर्जा र क्यापिटल मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्सको मूल्य पनि २३ प्रतिशतले घटेको छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ