२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘एक प्रदेश एक विशेष’ योजना सार्वजनिक : क्षेत्रीय विकासको नयाँ दृष्टिकोण

images

  • २०८१ असोज ४, शुक्रबार
  • 1.5K
    SHARES
  • राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘एक प्रदेश एक विशेष’ योजना सार्वजनिक : क्षेत्रीय विकासको नयाँ दृष्टिकोण

    काठमाडौँ : हाल बैंकिङ क्षेत्रमा अत्यधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकले तीव्र रूपमा निक्षेप खिचिरहेको छ। बैंकहरू महँगो ब्याजदरमा निक्षेप संकलन गरेर न्यून ब्याजमा राष्ट्र बैंकमा पैसा राख्न बाध्य छन्।

    यद्यपि, कर्जाको ब्याजदर एकल अंकमा झरे पनि अपेक्षित माग नआएको बैंकहरूको गुनासो छ। नेपाल राष्ट्र बैंकले कर्जाको माग बढाउन नीतिगत सहजता गरिसकेको भए पनि कर्जा प्रवाह बढाउन बैंकहरूले नयाँ रणनीति बनाइरहेका छन्।

    राष्ट्रिय वाणिज्य बैंकले कर्जा प्रवाह वृद्धि गर्न "एक प्रदेश एक विशेष" योजना ल्याउने तयारी गरिरहेको छ। यस योजनामा सातै प्रदेशका लागि विभिन्न प्राथमिकताका व्यवसायहरू पहिचान गरेर किसानलाई न्यून ब्याजमा कर्जा दिइनेछ।

    डीईओ पवन रेग्मीका अनुसार कोशी प्रदेशमा अलैंची खेती, मधेश प्रदेशमा माछापालन, बागमती प्रदेशमा पोल्ट्री, गण्डकीमा फलफूल, लुम्बिनीमा गाईवस्तु, कर्णालीमा जडिबुटी र सुदूरपश्चिम प्रदेशमा केरा व्यवसायलाई प्राथमिकता दिइनेछ।

    यस योजनाबाट जनताको व्यवसाय वृद्धि र कर्जा क्षमतामा विस्तार हुने अपेक्षा गरिएको छ। बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियम शुल्क लिएर कर्जा दिनेछ र किसानको आवश्यकता अनुसार कर्जा रकम पनि बढाउन सकिने बताइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ