२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अमेरिकी डलरसहित केही मुद्राको भाउ घट्यो, युरो र पाउन्ड महँगिए

images

  • २०८१ असोज ४, शुक्रबार
  • 826
    SHARES
  • अमेरिकी डलरसहित केही मुद्राको भाउ घट्यो, युरो र पाउन्ड महँगिए

    काठमाडौं : आज २०८१ साल असोज ४ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घटेको छ। 

    नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, साउदी रियाल, कुबेती दिनार, र बहराइन दिनारसहित केही प्रमुख विदेशी मुद्राहरूको मूल्य घटेको छ। अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा कायम भएको छ। पछिल्लो तीन दिनदेखि अमेरिकी डलरको मूल्य निरन्तर घटिरहेको छ। हिजोको दिनमा डलर क्रमशः १३३ रुपैयाँ ७१ पैसा र १३४ रुपैयाँ ३१ पैसा रहेको थियो।

    त्यस्तै, साउदी रियालको मूल्य पनि घटेर खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा पुगेको छ।  कुबेती दिनारको खरिददर ४३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ९१ पैसा रहेको छ।

    तर, युरो र पाउण्ड स्ट्रलिङजस्ता मुद्राहरू भने महँगिएका छन्। युरोको खरिददर १४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७४ पैसा रहेको छ। पाउण्ड स्ट्रलिङको मूल्य पनि बढेर खरिददर १७७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३९ पैसा पुगेको छ। यसैगरी, अस्ट्रेलियन डलर पनि थोरै महँगिएको छ। आज अस्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५६ पैसा रहेको छ।

    अन्य मुद्राहरू जस्तै कतारी रियाल, यूएई दिराम, मलेसियन रिङ्गेट, र हङकङ डलरको पनि मूल्य थोरै घटबढ भएको छ।

    nrb.jpg
    Source : Nepal Rastra Bank

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ