काठमाडौँ : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएको हो।
बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गर्नुभयो । यस नयाँ शाखाबाट ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उहाँले बताउनु भयो।
मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ। हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटिएम रहेको छ।



