काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको बौद्धस्थित मिराज बेकरीबीच सम्झौता भएको छ। उक्त सम्झौतामा सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मिराज बेकरीमा १५ प्रतिशतसम्मको छुट पाउने छन्।
बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ। छुटसम्बन्धी विस्तृत जानकारी सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर, र ७४ शाखारहित बैंकिङ इकाइमार्फत करिब १८ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।



