२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नवप्रवर्तनमा जोड

३६ औँ एसीक सम्मेलन काठमाडौँमा सुरु, कर्जाको संसारमा नयाँ दृष्टिकोण

images

  • २०८१ असोज ५, शनिबार
  • 1.1K
    SHARES
  • ३६ औँ एसीक सम्मेलन काठमाडौँमा सुरु, कर्जाको संसारमा नयाँ दृष्टिकोण

    नवप्रवर्तन र आर्थिक उत्थानमा भूमिका खेल्न अर्थमन्त्रीको आह्वान

    काठमाडौँ : एसियाली देशका सुरक्षा संस्थाहरू (एसीक) को ३६औं अन्तर्राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाडौंमा सुरु भएको छ। निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको उक्त सम्मेलनको शुक्रबार साँझ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका हुन्। 

    अर्थमन्त्री  पौडेलले कर्जा प्रवाह अर्थतन्त्रको विकास र विस्तारका लागि अत्यावश्यक रहेको उल्लेख गर्नुभयो। साथै, उहाँले निक्षेप तथा कर्जा सुरक्षण कोषले नवप्रवर्तन र स्टार्टअप कर्जामा पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो र उहाँले सर्वसाधारणको निक्षेप सुरक्षाका लागि कोषले प्रभावकारी भूमिका निभाएको पनि जोड जानकारी दिनुभयो। 

    सम्मेलनको आयोजनाबाट नवप्रवर्तनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री पौडेलले साना व्यवसायीलाई वित्तीय पहुँच पुर्याउन कोषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले कर्जा सुरक्षण कोषले धितो पर्याप्त नभएका व्यवसायीहरूलाई पनि कर्जा लिन प्रोत्साहन गरेको र यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको बताउनुभयो।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्मेलनमा सम्बोधन गर्दै निक्षेप बिमा योजनालाई परिस्कृत गर्नुपर्ने आवश्यकता भएको औंल्याएका छन्। उहाँले बैंकिङ समस्याको समाधानमा निक्षेप बिमाको प्रभावकारीता र एसियाली मुलुकका साना नवप्रवर्तनकारी संस्थाहरूको लागि कर्जाको महत्त्वको चर्चा गर्नुभयो।

    गभर्नर अधिकारीले लघुवित्त कार्यक्रमले वित्तीय पहुँच र सामाजिक न्यायमा पुर्याएको योगदानको चर्चा गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिका प्रभावकारी रहेको बताउनुभयो। उहाँले निक्षेप सुरक्षण कोषको क्षमता पछिल्लो समय वृद्धि भएको र आगामी दिनमा अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो।

    निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद घिमिरेले कोषले हालसम्म १४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको निक्षेप र २ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको कर्जा सुरक्षण गरेको जानकारी दिनुभयो। उहाँले नवप्रवर्तनलाई समर्थन गर्दै आफ्नो नयाँ सोचलाई धितोमा राखेर कर्जा प्रवाह गर्न सक्ने सन्देश सम्मेलनबाट दिने योजना रहेको बताउनुभयो।

    सम्मेलनमा २० एसियाली मुलुक तथा संस्थाहरूबाट करिब १४० जना सहभागी रहेका छन्। औपचारिक सत्र शनिबारदेखि सुरु भई ४ दिनसम्म चल्ने यस सम्मेलनको समापन भने आगामी सोमबार हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ