२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मध्यमदेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

images

  • २०८१ असोज ५, शनिबार
  • 1.3K
    SHARES
  • मध्यमदेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    मनसुनी वायुको प्रभाव कायमै

    काठमाडौँ : मनसुनी वायुको प्रभाव जारी रहनुका कारण केही स्थानहरूमा बिहानैदेखि हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु र भारतको उत्तर प्रदेश आसपासको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

    बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

    कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आंशिकदेखि साधारणतया बदली रहने अपेक्षा गरिएको छ।

    आइतबार र सोमबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    त्यसैले, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। मौसमविद्ले मेघ गर्जन र चट्याङसहितको वर्षाका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

    सामान्यतया मौसमको अवस्था प्रति सजग रहनुहोस् र मौसम परिवर्तनका लागि तयार रहनुहोस्। सम्भावित स्थानहरूमा भारी वर्षा, गेग्रान बहाव, बाढी, पहिरो, र भू-क्षय जस्ता प्रकोपहरूको जोखिम रहेकाले विभागले सम्भावित क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक, तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने सम्भावना रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ