२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सातामा १११ अंकले घट्यो नेप्से, ओरालो लाग्ने क्रम जारी

images

  • २०८१ असोज ५, शनिबार
  • 2.2K
    SHARES
  • सातामा १११ अंकले घट्यो नेप्से, ओरालो लाग्ने क्रम जारी

    काठमाडौँ : गत साता नेप्से परिसूचक ४.१६ प्रतिशतले घटेको छ। २ दिन सार्वजनिक बिदाका कारण नेप्से ३ दिन मात्र कारोबार भयो। यस साता बजार  १११.७९ अंकले घटेको छ भने अघिल्लो साता मात्र ३८.८३ अंकले घटेको थियो।

    गत साता २६८८ अंकमा बन्द भएको बजार यस साता २५७६ मा झरेको छ। ३ दिनको कारोबारमा बजार पुँजीकरण १ खर्ब ७७ अर्ब रुपैयाँले घट्दै ४० खर्ब ९७ अर्बमा झरेको छ। जुन अघिल्लो साताको तुलनामा ठुलो गिरावट हो। 

    तर, अघिल्लो साता ४१ अर्ब खर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा यस साता भने २३ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। साथै,अघिल्लो साता बजार पुँजीकरण ४२ खर्ब ७४ खर्ब रुपैयाँ रहेको बजार यस साता १ खर्ब ७७ अर्ब रुपैयाँले घट्दै ४० खर्ब ९७ अर्ब रुपैयाँमा आएको छ।

    यस साता नेप्सेका सबै परिसूचकमा गिरावट आएको छ। वित्त समूहको परिसूचकमा सबैभन्दा धरै ११.४५ प्रतिशतले घटेको छ भने वाणिज्य समूहको परिसूचक सबैभन्दा कम १.७६ प्रतिशतले गिरावट आएको छ। यस अवधिमा गुडविल फाइनान्सका लगानीकर्ताले मूल्य सबैभन्दा घाटा तथा रावा इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्।  

    यस अवधिमा कारोबार कम्पनीहरूमध्ये ६३ वटा कम्पनीहरूको सेयर मूल्य वृद्धि भएको छ भने २७३ वटा कम्पनीहरूको सेयर मूल्य घटेको छ। उच्च मूल्य वृद्धि भएका कम्पनीहरूमा रावा इनर्जी, हिमालयन हाइड्रोपावर, रिभर फल्स पावर र ग्रिन भेन्चर्स लिमिटेड समावेश छन् भने सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीहरूमा गुडविल फाइनान्स, थ्री स्टार हाइड्रोपावर, एनआईसी एसिया सेलेक्ट फण्ड ३० र ग्रीनलाईफ हाइड्रोपावर समावेश छन्।

    त्यस्तै, रावा इनर्जीको मूल्य २४.४ प्रतिशत, हिमालयन हाइड्रोपावरको १८.४ प्रतिशत, रिभर फल्स पावरको ११.१ प्रतिशत रग्रीन भेन्चर्स लिमिटेडको मूल्य १०.३ प्रतिशतले वृद्धि भएको छ। गुडविल फाइनान्सको सेयर मूल्य २०.६ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको १८.२ प्रतिशत, एनआईसी एसिया सेलेक्ट फण्ड ३० को १७.९ प्रतिशत र ग्रीनलाईफ हाइड्रोपावरको १६.१ प्रतिशतले घटेको छ। 

    यसै गरी, यस अवधिमा सेन्सेटिभ इण्डेक्स ३.४७ प्रतिशत, फ्लोट इण्डेक्स ४.०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५१ प्रतिशत घटेको छ। यस अवधिमा हाइड्रोपावर उपसमूहमा सबैभन्दा धेरै कारोबार भएको छ भने धेरै कारोबार हुनेमा सीईडीबी हाइड्रोपावर, अरुण काबेली पावर र नागरिक लगानी कोष रहेका छन्। 

    गत साउन ३१ गते नेप्से परिसूचक ३०००.८१ मा पुगेको थियो। जुन पछिल्लो समयको उच्च विन्दु हो। उच्च विन्दुबाट नेप्से क्रमशः घट्न थालेको छ। असोज २ गते बुधबार सम्म नेप्से घटेर २५७६.७६ मा आइपुगेको छ। जुन ४२४.०५ अङ्कको गिरावट हो। 

    नेप्से परिसूचक १४. प्रतिशतले घट्दा पनि कतिपय कम्पनीहरूमा केही असर परेको छैन। नेप्सेमा कतिपय कम्पनीहरूको सेयर मूल्य झन्डै ५० प्रतिशतसम्म घटे तापनि, केही कम्पनीहरूको सेयर मूल्य भने अझै ‘अल टाइम हाइ’ कै स्तरमा कारोबार भइरहेको छ।  

    यस अवधिमा २६७ कम्पनीहरूको सेयर किनबेच भएको छ। तीमध्ये ३० वटा कम्पनीहरूको सेयर मूल्य वृद्धि भएको छ। उच्च मूल्य वृद्धि भएका कम्पनीहरूमा आत्मनिर्भर लघुवित्त, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, इस्टर्न हाइड्रोपावर र समाज लघुवित्त समावेश छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ