२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मेची भन्सारद्वारा साढे २ अर्ब राजस्व संकलन, पेट्रोलियम पदार्थबाट सबैभन्दा बढी

images

  • २०८१ असोज ५, शनिबार
  • 956
    SHARES
  • मेची भन्सारद्वारा साढे २ अर्ब राजस्व संकलन, पेट्रोलियम पदार्थबाट सबैभन्दा बढी

    दुई महिनामा वार्षिक लक्ष्यको १३.९६ प्रतिशत राजस्व सङ्कलन

    काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो २ महिनामा मेची भन्सार कार्यालयद्वारा २ अर्ब ४२ करोड ९ लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। उक्त राजस्व सङ्कलन कार्यालयको वार्षिक लक्ष्यको १३.९६ प्रतिशत हो।

    भन्सार अधिकृत एवं सूचना अधिकारीका अनुसार यस वर्षको लागि मेची भन्सार कार्यालयले कुल १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ।  गत साउन र भदौमा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट आएको छ। जसबाट १ अर्ब ३८ करोड ३९ लाख ४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो।

    गत आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्य राखेको थियो।  जसमा ७८.४ प्रतिशत मात्र पूरा गर्न सफल भएको थियो। गत आर्थिक वर्ष २०८०/८१ को राजस्व सङ्कलनलाई मध्ये नजर गर्दै यस चालु आवमा ९१ करोड ३२ लाख ४३ हजार रुपैयाँले राजस्व लक्ष्य घटाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ