२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

स्वास्थ्य मन्त्री पौडेलद्वारा आँखा उपचारलाई प्राथमिकतामा राख्न जोड, भरतपुर आँखा अस्पतालको निरीक्षण

images

  • २०८१ असोज ६, आइतबार
  • 961
    SHARES
  • स्वास्थ्य मन्त्री पौडेलद्वारा आँखा उपचारलाई प्राथमिकतामा राख्न जोड, भरतपुर आँखा अस्पतालको निरीक्षण

    काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आँखा उपचारलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्।

    नेपाल नेत्र ज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको आज निरीक्षण गर्दै उनले सरकारी पक्षबाट पनि आँखा उपचारलाई व्यवस्थित रूपमा अघि बढाउन लगानी गर्न आवश्यक रहेको बताए।

    उनले भने, ‘जनशक्ति व्यवस्थापन जरुरी छ, साथै जनशक्ति उत्पादनमा पनि काम गर्नुपर्नेछ।’ नेत्र ज्योति सङ्घले देशभरि आँखा उपचार केन्द्र स्थापना गरी आँखा उपचारलाई सहज बनाएको उल्लेख गरे। उनले भने, ‘नेत्र ज्योति सङ्घका अग्रजहरूले मन्त्रालयमा आएर हामीलाई डाक्टर चाहियो भन्नुभएको छ। तर हामीले डाक्टर दिन सकिरहेका छैनौँ।’

    उनले आवश्यक जनशक्ति उपलब्ध गराउनका लागि नेत्र ज्योति सङ्घसँग सहकार्य गरेर सरकार अघि बढ्न तयार रहेको बताए। सरकारले यसलाई प्राथमिकतामा राखेर विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो।

    नेपाल नेत्र ज्योति सङ्घ बागमती प्रदेश सभापति ऋषिराम पौडेल, सङ्घ जिल्ला उपसभापति तेजेन्द्रबहादुर खड्का, सचिव केशव अधिकारी, अस्पतालका प्रमुख मेडिकल निर्देशक डा पुष्पा गिरीले अस्पतालको बीमा रकम रु नौ करोडभन्दा बढी बीमा बोर्डले दिन बाँकी रहेको जानकारी गराए।

    साथै, मन्त्री पौडेलले चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल र सिएमसी क्यान्सर इन्स्टिच्युटको निरीक्षण गरेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ