काठमाडौँ : साताको पहिलो कारोबार दिन आइतबार नेपाली सुन बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज तोला १ हजार ७ सय रुपैयाँको वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। आज तोला १ हजार ७ सय रुपैयाँको वृद्धि भएको हो। शुक्रबार प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



