काठमाडौँ : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ।
आज असोज ६ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट लागि १५ प्रतिशत लाभांश घोषणा गरेको छ जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।



