२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

११.५८ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

images

  • २०८१ असोज ६, आइतबार
  • 1.3K
    SHARES
  • ११.५८ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

    काठमाडौं : साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ११.५८ अंक बढेर २५८८.३५ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स ३.५० अंक, फ्लोट इण्डेक्स ०.९२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंक बढेको छ।

    पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से आज भने सामान्य अंकले बढेको छ। आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २७ करोड ८० लाख, एनएलजी इन्स्योरेन्सको साढे १४ करोड तथा नेपाल फाइनान्सको करिब १३ करोडको शेयर कारोबार भएको छ।

    आज नेप्सेसँगै कारोबार रकम भने केहि घटेको छ। गत बुधबार ५ अर्ब ६६ करोडको शेयर कारोबार भएको बजारमा आज ३ सय २५ कम्पनीको १ लाख ७२ हजार ९ सय ५७ पटकको कारोबारमा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ८५ हजार कित्ता शेयर किनबेच भएको छ। 

    आज ३ कम्पनीको शेयर सर्वाधिक १० प्रतिशत बढेको छ जसमा इष्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र अप्पर साङ्गे हाइड्रोपावर रहेका छ भने रावा इनर्जी डेभलपमेन्ट र स्वरोजगार लघुवित्तको शेयर सर्वाधिक घटेको छ। आज कारोबारमा आएका ३२५ कम्पनीमध्ये १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ तथा ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    आज १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ भने वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ