२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बैंकको ब्याजदर गिरावटसंगै जीवन बीमा कम्पनीहरूमा बोनसदर घट्ने त्रास

images

  • २०८१ असोज ६, आइतबार
  • 2.2K
    SHARES
  • बैंकको ब्याजदर गिरावटसंगै जीवन बीमा कम्पनीहरूमा बोनसदर घट्ने त्रास

    काठमाडौँ : नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीका बीमितहरूलाई आगामी वर्षबाट बोनस दर घट्ने त्रास बढेको छ। बैंकहरूले ब्याजदर अन्यायपूर्वक घटाएपछि बीमा कम्पनी र बीमितहरूमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ।

    बैंकहरूले असोज महिनादेखि ब्याजदर अझै घटाएका छन्। जसले बीमा कम्पनीहरूमा रहेको करिब ६ खर्ब रुपैयाँको निक्षेपलाई प्रभावित गरेको छ। बीमा कम्पनीहरूले बैंकहरूमा आफ्नो निक्षेप राखेर प्राप्त आम्दानीबाट बीमितहरूलाई बोनस वितरण गर्ने प्रचलन छ। तर, पछिल्लो समय ब्याजदर घटेर, बीमा कम्पनीहरूको आम्दानीमा ठुलो ह्रास आएको छ।

    गत वर्ष करिब ९ प्रतिशत रहेको ब्याजदर असोजसम्म झरेर ५ प्रतिशत हाराहारीमा आएको छ। यसले जीवन बीमा क्षेत्रलाई करिब २७ अर्ब रुपैयाँको वार्षिक आम्दानी गुम्ने स्थिति सिर्जना गरेको छ। जुन गत वर्षको तुलनामा ४० प्रतिशतले कम हो।

    ब्याजदरको गिरावटका कारण बीमितहरूले अर्को वर्ष पाउने बोनस दरमा समेत नकारात्मक प्रभाव पर्न सक्ने सम्भावना छ। बीमा कम्पनीहरूले यस समस्यालाई नीतिगत रूपमा समाधान गर्न चासो देखाए पनि तत्काल कुनै ठोस समाधान भने देखिएको छैन।

    पछिल्लो ५ महिनाको बैङ्कहरूको ब्याजदर यस किसिमको रहेको छ।  

    ashoj interst.jpg

    चालु आर्थिक वर्षको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जनमा ५.४५ प्रतिशतले गिरावट आएको छ।  नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको हो ।

    गत आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा यस वर्ष साउनमा १८ अर्ब ५३ करोड रुपैयाँ मात्र आर्जन भएको छ। बीमा प्राधिकरणको तथ्याङ्क अनुसार नेपाल लाइफले ५ अर्ब ७१ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेर सबैभन्दा बढी वृद्धि हासिल गरेको छ। 

    यस्तै, नेशनल लाइफद्वारा २ अर्ब २६ करोड रुपैयाँ, एलआईसी नेपालद्वारा २ अर्ब ७ करोड रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सद्वारा १ अर्ब ९३ करोड रुपैयाँ, सूर्यज्योति लाइफद्वारा १ अर्ब १२ करोड, एशियन लाइफद्वारा ९२ करोड, सिटिजन लाइफद्वारा ७६ करोड, सानिमा रिलायन्सद्वारा ६७ करोड, आइएमई लाइफ द्वारा ५४ करोड, रिलायबल नेपाल लाइफद्वारा ४९ करोड, सन नेपाल लाइफद्वारा ४४ करोड र राष्ट्रिय जीवन बीमाद्वारा ४३ करोड २५ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन्। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ