काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ। नेप्सेमा मूल्य समायोजन हुनेमा ओरियन्टल होटल्स लिमिटेड र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन्।
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस तथा ओरियन्टल होटल्सको ५ प्रतिशत शेयरपछिको शेयर मूल्य समायोजन भएको हो।
आज आइतबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अन्तिम कारोबार २ हजार ३१ रुपैयाँको आधारमा मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार ८ सय २९ रुपैयाँ ७३ पैसा कायम भएको छ।
यस्तै, ओरियन्टल होटल्सको अन्तिम कारोबार १ हजार ३० रुपैयाँको आधारमा मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ९ सय ८० रुपैयाँ ९५ पैसा कायम भएको छ।
योसँगै, अब सोमबारदेखि यी दुई कम्पनीका समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ।



