२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वीरगञ्ज भन्सारद्वारा साढे २५ अर्ब राजस्व सङ्कलन, विद्युतीय सवारीको आयात बढ्दो

images

  • २०८१ असोज ६, आइतबार
  • 1.2K
    SHARES
  • वीरगञ्ज भन्सारद्वारा साढे २५ अर्ब राजस्व सङ्कलन, विद्युतीय सवारीको आयात बढ्दो

    काठमाडौँ : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौ महिनासम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले भदौ महिनासम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार रुपैयाँको राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो। 
     
    भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै १ अर्ब रुपैयाँले राजस्व बढेको छ। गत आवको भदौसम्म ३५ अर्ब ४४ लाख ४२ हजार रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ७० प्रतिशत राजस्व संकलन भएको थियो।

    लामिछानेका अनुसार ‘सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ। विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालयबाट पेट्रोलियम पदार्थका सवारी साधनहरू धेरै आयात हुने गरे पनि यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ।’

    भन्सार विभागले गत साउनमा १६ अर्ब ८६ करोड ८७ लाख रुपैयाँको संकलनको लक्ष्य राखेको थियो। तर, १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सकिएको थियो। गत आवको साउनमा भने १८ अर्ब ७० करोड ४० लाख रुपैयाँको लक्ष्य लिइएकोमा १३ अर्ब २३ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ