२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८१ असोज ७, सोमबार
  • 1.3K
    SHARES
  • एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन रहेको छ। बैंकले आर्थिक वर्ष २०८।८१ लाभांश पारित गर्न ३० औँ वार्षिक साधारण सभा असोज २० गते डाकेको छ। साधारण सभा काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।

    कम्पनीले आफ्नो साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् असोज ८ गतेलाई बुकक्लोज मिति तय गरेको थियो। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले मात्र कम्पनीले घोषणा गरेको लाभांश र साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।

    यस्तै, भद्रौ २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ जसमा १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको थियो। 

    बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्न असोज २० गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। यस वार्षिक साधारण सभामा गत आर्थिक वर्षको लेखा परीक्षकको प्रतिवेदन स्वीकृत गरिनेछ र बैंकको नियमावलीमा दैनिक भत्ता परिवर्तन सम्बन्धी संशोधन प्रस्ताव पनि पेस गरिनेछ। 

    सभामा बैंकले चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८ सय ८० रुपैयाँको १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने १ अर्ब १७ करोड ६७ लाख ९० हजार ३ सय ८८ रुपैयाँ बराबरको बोनस शेयर र करसहित ५.५३ प्रतिशतले हुन आउने ६५ करोड ७ लाख ६५ हजार ८५ रुपैयाँ बराबरको नगद लाभांश छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ