काठमाडौँ : भिसा इन्टरनेश्नलद्वारा आयोजित ‘लिडरसिप कनक्लेभ नेपाल २०२४’ मा कुमारी बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ। असोज ४ गते सम्पन्न उक्त सम्मेलनमा बैंकले “Excellence in Consumer Credit Cards Business” र “Excellence in Cross-Border Business” अवार्ड प्राप्त गरेको हो।
कुमारी बैंकले आफ्नो स्थापनाकालदेखि नै आधुनिक डिजिटल प्रणालीलाई आत्मसात गर्दै बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले आगामी दिनमा पनि डिजिटल सामर्थ्य सुदृढ गर्दै सेवाहरुको प्रभावकारिता र पहुँच बढाउन प्रतिबद्धता जनाएको छ।
बैंकले विगत २३ वर्षदेखि निरन्तर रुपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै देशभर फैलिएका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक सेवा दिँदै आइरहेको छ।
आगामी दिनहरुमा पनि बैंकले अझ सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



