काठमाडौँ : सुनको मूल्य लगातार उच्च हुँदै गएको छ र आज पनि नयाँ रेकर्ड कायम गरेको छ। आज तोलामा ४ सय रुपैयाँको वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्यको प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कायम भएको छ। हिजो आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो आइतबार प्रति तोला ५ रुपैयाँको वृद्धि भएर १ हजार ९ सय २० रुपैयाँमा पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि बढिरहेको छ। सोमबार प्रतिऔंस २६३०.१५ डलरमा कारोबार भइरहेको छ। जुन आइतबारको २६२२.३ डलर रहेको थियो चाँदीको अन्तर्राष्ट्रिय मूल्यमा झिनो गिरावट आएको छ। जसमा आइतबार प्रतिऔंस ३१.१७ डलरबाट घटेर सोमबार ३१.१२ डलरमा कारोबार भएको छ।



