काठमाडौँ : पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका–६ स्थित गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको हो।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भएकी बालिका आमा दुर्गा सहनीसँग मिलेर टोखा–८ जल्पा चोकमा बस्दै आएकी थिइन्।
आइतबार दिउँसो पोखरीमा डुबेका बालिकाको आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यो घटनाले स्थानीय समुदायमा शोक र चिन्ता पैदा गरेको छ।



