२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रभु बैंक भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित

images

  • २०८१ असोज ७, सोमबार
  • 1.3K
    SHARES
  • प्रभु बैंक भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित

    काठमाडौँ : पछिल्लो समयमा विभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरूको विस्तारमा आक्रामक रहेको प्रभु बैंक लि.भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेश र एक्सिलेन्स इन प्रडक्ट इनोभेशन गरी दुई बिधामा सम्मानित भएको छ।

    भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्ड को व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम् सुविधा सहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको पहिलो ब्यबसायिक सेवा बिस्तारसँग सम्बन्धित छ।

    बैंकले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रूपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ ब्यबसायिक कारोबारको भुक्तानी सरल र सुरक्षित तरीकाले विद्युतीय भुक्तानीको माध्यम बाट गरिन्छ ।

    प्रभु भिजा बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने–गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवाको थालनी गरिएको हो ।

    भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । कर्पोरेट र व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठुला भुक्तानीहरू गर्दछन्।

    प्रभु बैङ्कद्वारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मद्दतले व्यावसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबद्र्धनमा थप सहजता तथा पारदर्शिता समेत कायम रहने बैंकले विश्वास लिएको छ।

    बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको विज्ञप्ति मार्फत जनाएको छ। साथै, फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि बैंक सम्मानित भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ