काठमाडौँ : सिटिजन्स बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। एभरेष्ट बैंकपछि लाभांश घोषणा गर्ने सिटिजन्स बैंक दोस्रो वाणिज्य बैंक बनेको हो।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ जसमा ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको छ।
हाल बैंकको २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ रहेको छ। बैंकले ४ प्रतिशत बोनस शेयरको रूपमा ५६ करोड ८० लाख ३८ हजार ९ सय ६० रुपैयाँ २३ पैसा र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांशको रूपमा २ करोड ९८ लाख ९६ हजार ७ सय ८७रुपैयाँ ३८ पैसा वितरण गर्नेछ।
बैंकले प्रस्ताव गरेको यो लाभांश राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।



