काठमाडौँ : अहिलेसम्म २ वाणिज्य बैंकहरुले गत आर्थिक २०८०/८१ वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।
हाल नेप्सेमा १९ वाणिज्य बैंक सूचीकृत छन्। जसमा २ वटाले वाणिज्य बैंकहरुले मात्र लाभांश घोषणा गरेका छन् भने अन्य १७ वाणिज्य बैंकहरूले अझै लाभांश घोषणा गर्न बाँकी छ।
हालसम्म एभरेष्ट बैंकले १५.५३ प्रतिशत तथा सिटिजन्स बैंकले पनि ४.२१ प्रतिशत लाभांश घोषणा गरेका छन्। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार स्ट्यान्डर्ड चार्टर्ड र कृषि विकास बैंकको लाभांश वितरण गर्ने क्षमता उच्च देखिएको छ।
जसमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले २६.५ प्रतिशत, कृषि विकास बैंकले १७.३७ प्रतिशत, नबिल बैंकले १४.२६ प्रतिशत, नेपाल एसबीआई बैंकले १०.७६ प्रतिशत र सानिमा बैंकले १०.४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखाएका छन्।
यस्तै,बाँकी १० बैंकहरूले सिंगल डिजिटलमा लाभांश वितरण गर्न सक्ने क्षमता देखाएका छ। साथै, एनआईसी एसिया, हिमालयन, कुमारी, र नेपाल इन्भेस्टमेन्ट बैंकले पनि लाभांश दिन सक्ने छन्। राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचीकृत छैन र यस बैंकको लाभांश क्षमता ३.७२ प्रतिशत रहेको छ।
गत वर्ष २० वाणिज्य बैंकहरूले कुल ६४ अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा १३.४० प्रतिशतले वृद्धि हो। २० वाणिज्य बैंकहरूको औसत लाभांश वितरण गर्ने क्षमता ७ प्रतिशत रहेको छ।
वाणिज्य बैंकहरूको लाभांश वितरण गर्ने क्षमता :



