२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा एभरेष्ट बैंकको शेयर मूल्य समायोजन

images

  • २०८१ असोज ८, मंगलबार
  • 1.4K
    SHARES
  • नेप्सेमा एभरेष्ट बैंकको शेयर मूल्य समायोजन

    काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको शेयर मूल्य समायोजन भएको छ। बैंकको १० प्रतिशत बोनस शेयर मूल्य समायोजन भएको हो। 

    सोमबार एभरेष्ट बैंकको अन्तिम कारोबार ६ सय ९५ रुपैयाँको आधारमा मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ६ सय ३१ रुपैयाँ ८२ पैसा कायम भएको छ। 

    योसँगै, अब आज मंगलबारदेखि एभरेष्ट बैंकको समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ। हाल बैंकले चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८ सय ८० रुपैयाँ रहेको छ। 

    यस्तै, भद्रौ २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ जसमा १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ