२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

images

  • २०८१ असोज ८, मंगलबार
  • 971
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र बिक्री दर १३३ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।

    युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ २ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ०३ पैसा र बिक्री दर १५७ रुपैयाँ ७४ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९ पैसा र बिक्री दर ९१ रुपैयाँ ५० पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४५ पैसा र बिक्री दर ९८ रुपैयाँ ९० पैसा तोकिएको छ। जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३० पैसा र बिक्री दर नौ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।

    थाइ भाट एकको खरिद दर ४ रुपैयाँ ०४ पैसा र बिक्री दर ४ रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। साउथ कोरियन वन एक सयको खरिद दर ९  रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम गरिएको छ।

    राष्ट्र बैंकले कुवेती दिनार एकको खरिद दर ४ सय ३७ रुपैयाँ १९ पैसा र बिक्री दर ४ सय ३९ रुपैयाँ १५ पैसा तोकेको छ भने भारतीय रुपैयाँ १ सयको खरिद दर १ सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

    विस्तृत तालिकामा हेर्नुस् : 

    24.jpg
    Source : Nepal Rastra Bank

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ