२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चाडपर्वको अवसरमा देशैभरि भाटभटेनीमा छुटै छुट अफर, ५० प्रतिशतसम्म पाइने

images

  • २०८१ असोज ८, मंगलबार
  • 1.5K
    SHARES
  • चाडपर्वको अवसरमा देशैभरि भाटभटेनीमा छुटै छुट अफर, ५० प्रतिशतसम्म पाइने

    काठमाडौँ : भाटभटेनी सुपरमार्केटले देशभरिका सबै स्टोरमा चाडपर्वको अवसरमा विभिन्न सामग्री खरिदमा विशेष छुट प्रदान गर्ने घोषणा गरेको छ। यस योजना असोज १७ गतेदेखि कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ।

    दसैं, तिहार र छठ जस्ता प्रमुख पर्वलाई ध्यानमा राख्दै ग्राहकलाई लाभान्वित गर्न यस छुटको योजना बनाइएको भाटभटेनीका श्रोतले जानकारी दिए। ‘सबै ग्राहकलाई ध्यानमा राखेर हामीले यस अफर प्रदान गर्न लागेका हौँ र यस अफरबाट सबै प्रकारका ग्राहक लाभान्वित हुनुहुनेछ भन्ने हामीलाई लागेको छ।’


    कुन समानमा कति छुट :  

    खाद्यान्न : भाटभटेनीले चामल, दाल, चना, चिउरा, तेल, चिनी, चिया जस्ता खाद्यान्नमा पनि भारी छुट दिने जानकारी दिएको छ। जिरा मसिनो चामल २ हजार २ सय २० रुपैयाँ, प्रिमियम सोना मनसुली २५ के.जी को बोरा १ हजार ६ सय ४० रुपैयाँमा र लङग्रेन चामल २० के.जी को ३ हजार २ सय २५ रुपैयाँमा उपलब्ध गराइनेछ। 

    साथै, मुसरको दाल १ सय ४८ रुपैयाँ प्रति के.जी, मासको दाल २ सय १३ रुपैयाँ प्रति के.जी, चिउरा १ सय ८ रुपैयाँ प्रति के.जी र ब्राउन चना १ सय ६८ रुपैयाँ प्रति के.जीमा उपलब्ध गराउने छ।

    विद्युतीय र किचन सामग्रीमा :  भाटभटेनीका अनुसार विद्युतीय सामग्रीमा २०% देखि ४०% सम्मको छुट उपलब्ध गराइएको छ। त्यस्तै, किचनका निर्धारित सामग्रीमा ३०% देखि ५०% सम्मको छुट पाइनेछ।

    तेल र घ्यू : तोरीको तेल २ सय ७९ रुपैयाँ प्रति लिटर, सनफ्लावर तेल १ सय ९८ रुपैयाँ प्रति लिटर र सोयाबिन तेल १ सय ९७ रुपैयाँ प्रति लिटरमा पाइनेछ। साथै, डीडीसीको घ्यू ९ सय ९९ रुपैयाँ प्रति केजीमा उपलब्ध हुनेछ।

    रेडिमेड गार्मेन्ट र जुत्ता : रेडिमेड गार्मेन्ट र जुत्तामा पनि भाटभटेनीले छुटको व्यवस्था गरेको छ। सबै प्रकारका रेडिमेड वस्तुमा ५% छुट र निर्धारित वस्तुमा ५०% सम्म छुट दिइनेछ। अन्तराष्ट्रिय ब्राण्डका रेडिमेड आइटम र जुत्तामा ७०% सम्मको छुट उपलब्ध हुनेछ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ