२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आइएमईबाट पैसा पठाएकी प्रमिलाले जितिन् १ करोड, आइएमई गरौँ, उद्यमी बनौँ” योजना सार्वजनिक

images

  • २०८१ असोज ८, मंगलबार
  • 1.2K
    SHARES
  • आइएमईबाट पैसा पठाएकी प्रमिलाले जितिन् १ करोड, आइएमई गरौँ, उद्यमी बनौँ” योजना सार्वजनिक

     

    काठमाडौँ : विदेशमा कमाएको रकम आइएमईमार्फत पठाएर प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जित्न सफल भएकी छन्। जापानको क्योदाइबाट प्रमिलाले आइएमइमार्फत रकम पठाएकी थिइन् ।

    सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा आइएमईका ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्रमार्फत प्रमिलाको नम्बर चयन गरेकी थिइन्। आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले प्रमिलालाई बधाई दिएर आइएमईप्रति सेवाग्राहीहरूको विश्वासका लागि आभार व्यक्त गरे।

    आइएमईले विदेशमा कमाएको रकमलाई औपचारिक माध्यमबाट पठाउन प्रोत्साहित गर्ने उद्देश्यले गत वर्षको दसैँ अगाडि 'आइएमई गरौँ, करोडपति बनौँ' योजना सुरु गरेको थियो। यस योजनामा भाग लिएका सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अवसर पाएका थिए, र प्रत्येक महिनामा एक जनाले १ लाख रुपैयाँ पनि प्राप्त गरेका थिए।

    'आईएमई गरौँ, उद्यमी बनौं’ योजनाको सुरुआत :

    आईएमईद्वारा‘आईएमई गरौँ, उद्यमी बनौं’ योजना पनि सार्वजनिक गरेको छ। जसमा विदेशमा कमाएको रकमलाई औपचारिक माध्यमबाट पठाएर उद्यमशीलतामा लगानी गर्न प्रोत्साहन गरिनेछ। यस योजनामा तीन जना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्नेछन्। यसैगरी, प्रत्येक महिना आकर्षक उपहार जित्ने अवसर पनि उपलब्ध हुनेछ।

    हेमराज ढकालले रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी दिगो अर्थतन्त्रको आधार बनाउन आइएमईले यो योजनालाई अघि बढाएको बताए। यो योजना विदेशमा काम गरिरहेका श्रमिक र रेमिटेन्स प्राप्त गर्ने परिवारहरूको लागि सहयोगी बन्नेछ।

    उपहार र पुरस्कारहरू :

    दैनिक पुरस्कार : एक भाग्यशाली विजेताले अल्टिमाको इअर वड जित्नेछन्।

    हप्ताको पुरस्कार : एक विजेताले डिएच आइ होम अप्लाइन्सेसका सामानहरू प्राप्त गर्नेछन्।

    मासिक पुरस्कार : एक विजेताले प्रत्येक महिना आई फोन सिक्सटिन जित्नेछन्।

    बम्पर पुरस्कार : तीन जना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक प्राप्त गर्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ