काठमाडौँ : कामना सेवा विकास बैंकले आफ्नो १८औं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज ३० गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्शन, भगवति बाहालमा बिहान १०:३० बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत बोनस र ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनको समीक्षा गरी पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश गरिनेछ।
सञ्चालक (सर्वसाधारण तर्फ) नियुक्ति पनि सभाले अनुमोदन गर्नेछ। सञ्चालक समितिले प्रस्ताव गरेको अनुसार रु १०० का दरले रु ३५ करोड बराबरको ९ प्रतिशत वार्षिक लाभांश दर कायम गर्दै मुनाफा भएको वर्षमा मात्र मुनाफा वितरण हुने असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
अन्ततः, विशेष प्रस्तावहरू पारित भएमा विकास बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न पनि सभाको कार्य सूचीमा समावेश गरिएको छ।




