काठमाडौँ : सुनको मूल्य लगातार उच्च हुँदै गएको छ र आज पनि नयाँ रेकर्ड कायम गरेको छ। आज सोमबार तोलामा ५ सय रुपैयाँको वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन मूल्य प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कायम भएको छ। हिजो सोमबार प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने सामान्य रहेको छ। हिजो सोमबार प्रति तोला १ हजार ९ सय २० रुपैयाँ भएको चाँदीको मूल्य आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।



