२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनआइसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट

images

  • २०८१ असोज ८, मंगलबार
  • 1.6K
    SHARES
  • एनआइसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट

    काठमाडौँ : एनआई सी एशियाबैंक लिमिटेडका ग्राहक महानुभावहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुने गरी बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ।

    सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र बुद्ध एयरको तर्फबाट निर्देशक (Marketing Sales/Ground Handling)) श्री रुपेश जोशीज्यूले हस्ताक्षर गर्नुभयो।

    सम्झौता बमोजिम बैंकका ग्राहक महानुभावहरुले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्तगर्न सक्नुहुनेछ। बैंकका ग्राहक महानुभावहरुले मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा दुई पक्षबीचभएको सम्झौता बमोजिम ८ प्रतिशतसम्म छुट प्राप्तगर्नुहुनेछ।

    नेपालको निजी क्षेत्रको अग्रणी वायुसेव कम्पनी बुद्ध एयरसँग गरिएको यो छुट सम्झौताले बैंकका ग्राहक महानुभावहरुलाई विशेष गरी आउदै गरेका चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रुपमा आवतजावत गर्न सघाउ पुग्ने बैंकले विश्वास लिएको छ।

    साथै, ग्राहक महानुभावहरुका लागि ल्याइएको यस विशेष छुट योजनाबाट डिजिटल भुक्तानीको प्रवद्र्धनमा सघाउ पुग्ने हुँदा नगद रहित कारोबारलाई बढावा दिनको निमित्त ठोस टेवा पुग्ने समेत बैंकले विश्वास लिएको छ ।

    एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ